सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा डाकिएको छ ।
सर्वोच्च अदालतको हिजोको फैसलापछि अबको पार्टी रणनीति र वर्तमान राजनीतिक परिवेशको विषयमा छलफल गर्नका लागि बैठक डाकिएको हो । अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएर साविकको एमाले र माओवादीलाई ब्युँताइदिएपछि अहिले राजनीतिक अन्योलता देखिएको छ ।
सोही विषयमा प्रष्ट भएर राजनीतिक र कानुनी कदमहरुको विषयमा छलफल गर्ने र पार्टीको अबको रणनीति तथा भविष्यको विषयमा छलछल गर्नका लागि बैठक बस्न लागेको उक्त समूहको एक स्थायी समिति सदस्यले बताए ।
यसअघि प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक बिहान ११ बजेका लागि पेरिसडाँडामा बस्ने बोलाइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।