logo-img

यसकारण कपाल मुण्डन गरेकी रहिछन् केकी अधिकारीले

अघिल्लो वर्ष अभिनेत्री सुरक्षा पन्तले चलचित्र ‘आमा’को एक सिनमा कपाल​ मुण्डन गरेकी थिइन् । चलचित्रको एक सिनमा कपाल मुण्डन गरेकी पन्तले रियल लाइफमै कपाल खौरिन । उनको मुडुलो टाउकोले मिडियामा राम्रै स्थान पायो । चलचित्रको भन्दा धेरै चर्चा उनको काटिएको कपालको भयो । सुरक्षाले चलचित्रको पात्रलाई न्याय दिनका निम्ति आफ्नो कपाल काटेको बताइन् ।

अभिनेत्री केकी अधिकारीले पनि पात्रलाई न्याय दिने भन्दै आफ्नो लामो कपाल खौरिएकी छिन् । सुन्दर कपाल खौरिएकी केकीले चलचित्रको पात्रलाई न्याय गर्नका लागि आफूले कपाल खौरिएको बताएकी छिन्।

चलचित्र ‘बोक्सीको घर’मा केकी बोक्सीको भूमिका निर्वाह गर्दैछिन् । उनले बोक्सीको भूमिका निर्वाह गर्नकै लागि आफ्नो सुन्दर कपाल खौरिएर फालेकी हुन् । यो चलचित्रका निर्माता विशाल भण्डारीले बोक्सीको कथाले मागेपछि केकीले कपाल खौरिएको जानकारी दिए ।



 काभ्रेको पाँचखालमा अधिकांश छायांकन गरिएको यो चलचित्रको अहिले एडिटिङको काम भइरहेको छ । चलचित्र ‘बोक्सीको घर’मा केकीसँगै सुलक्षण भारतीले पनि शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

चलचित्र सुलक्षणले नै निर्देशन गरेका हुन् । केही वर्ष अघि मञ्चन गरिएको नाटक ‘बोक्सीको घर’लाई नै पिचर फिल्मका रुपमा निर्माण गरिएको हो । यो चलचित्र २०७८ सालमा रिलिज हुने छ । 





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १४:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया