सी डिभिजन लिग : चर्च ब्बाइज र वीरगञ्जको लगातार दोस्रो जित

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्बाइज युनाइटेड र वीरगञ्ज युथ एकेडेमीले लगातार दोस्रो जित निकालेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारको दोस्रो खेलमा वीरगञ्जले झापा एफसी माथि १–० को कठिन जित दर्ता गरेको हो ।

खेलको ५३ औं मिनेटमा कृष्ण शाक्यले फ्रिकिकबाट गरेको एक मात्र गोल वीरगञ्जका लागि ३ अंक जोड्न पर्याप्त बन्यो ।

जितसँगै वीरगञ्जले २ खेलबाट ६ अंक जोड्दा झापा समान खेलबाट अंकविहीन छ ।

आजै भएको पहिलो खेलमा चर्च ब्बाइज युनाइटेडले प्लानिङ ब्बाइज युनाइटेडमाथि ३–१ सहज जित निकालेको छ ।

चर्च ब्बाइजको जितमा सोम थापा, साइमन लिम्बू र इन्द्रजंग लिम्बूले १–१ गोल गर्दा प्लानिङका कृष्ण गिरीले १ गोल फर्काए ।



लगातार दोस्रो जित निकालेको चर्च ब्बाइजले ६ अंक जोड्दा प्लानिङले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।



  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १७:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया