नेपालमा १२५ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १२५  जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार १६१ जनाको पिसिआर परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो । 

सोही समयमा १२३ जना कोरोनामुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७१ हजार ७३३ रहेको छ । अहिलेसम्म ३ हजार १६ संक्रमितको मृत्यु भएको छ । 

अहिले सक्रिय संक्रमितको संख्या १ हजार १ रहेको छ भने ५१ जना क्वारेन्टिनमा रहेका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार १७:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया