पहिले कुकुरलाई भ्याक्सिन लगाएको छ भन्थिन् मलाइका, अहिले आफूलाई

बलिउड अभिनेत्री मलाइका अरोडा खान अहिले पनि सामाजिक सन्जालमा निकै सक्रिय भइरहेकी हुन्छिन् । अनि उनले सामाजिक सन्जालमा जे पोस्ट गर्छिन्, त्यसलाई आधार बनाएर भारतीय मिडियामा ठूलो चर्चा गरिएको हुन्छ । 

अहिले पनि त्यस्तै भएको छ । 

मलाइकाले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा फिट तथा बोल्ड तस्वीर अपलोड गरेकी छिन् । 

अनि योसँगै सेयर पनि गरेकी छिन्, केही किस्सा । 

अहिले भारत कोरोनाभाइरसका कारण आक्रान्त बनेको छ । मलाइकाले पनि यही विषयमा आफ्नो पोस्ट गरेकी छिन् । उनले यो किस्सामा लेखेकी छिन्– पहिले घरमा पाहुना आउँदा हाम्रो कुकुरले भ्याक्सिन लगाएको छ भनिन्थ्यो, अहिले पाहुना आउँदा आफूले भ्याक्सिन लगाएको छु भन्ने गरेकी छु ।





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १०:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया