logo-img

फास्ट ट्रयाकको ठेक्कामा दोस्रो प्याकेजको पूर्व योग्यता प्रक्रिया रद्द गर्न निर्देशन

संसदको सार्वजनिक लेखा समितिले काठमाडौं-तराई फास्ट ट्र्याक सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेजमध्ये दोस्रो प्याकेजको पूर्व योग्यता प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको छ । 

बिहीबार सिंहदरबारमा बसेको बैठकले फास्ट ट्र्याकको दुईवटा प्याकेजको टेण्डर आह्वानका लागि पूर्व योग्यताको नतिजा निकालिएको मध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने नदेखिएकाले रद्द गरी पुनः पूर्व योग्यता प्रक्रिया शुरु गर्न निर्देशन दिएको हो । 

समितिको बैठकले गरेका निर्णयहरु सुनाउँदै समितिका सचिव डा. रोजनाथ पाण्डेले भने, ‘आज सार्वजनिक लेखा समितिको फास्ट ट्र्याकको दुईवटा प्याकेजको टेण्डर आव्हानको लागि पूर्व योग्यताको जुन नतिजा निकालिएको थियो।'

नेपाली सेनाको परियोजना अन्तर्गत ठेक्काबारे बैठकमा कुरा भएको थियो। 'सार्वजनिक खरिद ऐन नियमावलीहरुमा भएको प्रावधान पालना गरे नगरेकोबारे बैठकमा कुरा भए। जुन प्रतिस्पर्धामा पूर्व योग्यतापछि टेण्डर आह्वान गरिएको थियो त्यसमा पूर्व योग्यताबाट छनोट भएका पहिलो प्याकेजमा दुई वटा र दोस्रो प्याकेजमा एउटा मात्रै कम्पनी छनौट भएको अवस्थामा प्रतिस्पर्धा हुन नसक्ने स्थिति देखियो', उनले भने, 'दोस्रो प्याकेजमा पूर्व योग्यतामा छनौट भएको पोली चङ्दा इञ्जिनियरिङ सम्झौता रद्द गरेर पुनः पूर्व योग्यता प्रक्रिया शुरु गर्नलाई निर्देशन दिइयो।’ 

यस्तै समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि यथासक्य छिटो निर्देशिकाहरु तयार गर्ने र मापदण्ड कार्यविधि तयार गरेर अन्तर्राष्ट्रिय स्तरको इन्जिनियरिङ प्रो-कुरमेन्ट एण्ड कन्स्ट्रक्सनसँग सम्बन्धित डकुमेन्टहरू जारी गरेर अवरोध हटाउन समेत निर्देशन दिएको छ । 

‘इपिसी सम्बन्धी जुन डकुमेन्टहरू बनाउनु पर्ने र सार्वजनिक खरिद संस्थाहरुलाई उपलब्ध बनाउनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार नगरिदिँदा समस्या आएको भन्ने रियलाइज भएको छ', उनले भने, 'समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि निर्देशन दिएको छ । ती डकुमेन्टहरू यथासक्य छिटो निर्देशिकाहरु तयार गर्ने, मापदण्ड कार्यविधि तयार गरेर ईपिसी सम्बन्धी टेण्डरका लागि अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ प्रो-कुरमेन्ट एण्ड कन्सट्रक्सनसँग सम्बन्धित आवश्यक कुरा जारी गरेर अवरोधहरू हटाउने र विवाद अन्त्य गर्ने कुरामा समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ।’ 



नेपाली सेनाले दोस्रो प्याकेज अन्तर्गत मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सी सम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टे पाखादेखि बाँदरे खोल्सीसम्म १.४ किलोमिटर गरी दुईवटा सुरुङमार्ग र पुल निर्माणका लागि चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र पूर्व योग्यतामा छनोट गरेको थियो । 



  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १६:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया