महोत्तरीमा चल्याे गोली, एक घाइते

महोत्तरीमा बुधबार साँझ अज्ञात समूहले गोली चलाउँदा एकजना घाइते भएका छन् ।

जिल्लाको औरही नगरपालिका–४ स्थित सेरामा बुधबार साँझ ७ः३० बजे अज्ञात समूहले गोली चलाउँदा बर्दिवास नगरपालिका वडा नम्बर–१ का रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

अज्ञात समूहले चलाएको गोली लागी घाइते भएका रोशनको बर्दिबासस्थित जनसेवा हस्पिटल उपचार भइरहेको छ ।

गोली कसले र किन चलाएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको एसपी आचार्यले जानकारी दिए ।





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १७:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया