logo-img

पत्रकार महासंघ बागमती प्रदेशमा ४२ जनाको उम्मेदवारी

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको निर्वाचन कार्यक्रमअन्तर्गत बिहीबार उम्मेदवारी दर्ताको प्रक्रिया पूरा भएको छ । पदाधिकारीसहित २१ सदस्यीय प्रदेश समिति चयनका लागि हुँदै गरेको निर्वाचनमा ४२ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी परेको छ ।

प्रदेश अध्यक्षका लागि मकवानपुरका गिरिजा अधिकारी, नुवाकोटका शिव देवकोटा र चितवनका हरिप्रसाद पोखरेलको उम्मेदवारी परेको छ । यस्तै, खुला उपाध्यक्षमा धादिङका नवराज छत्कुली, मकवानपुरका रुपेश दुलाल र मकवानपुरकै हरिप्रसाद हुमागाईंको उम्मेदवारी परेको छ । अल्पसंख्यक सदस्य पदमा भने दोलखाकी निराशी थामीको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य सुरेश श्रेष्ठले जानकारी दिएका छन्।

महिला उपाध्यक्षमा मकवानपुरकी नानीमैया कार्की (सम्झना) र चितवनकी संगीता आचार्यको उम्मेदवारी परेको छ । महासचिवमा धादिङका केशव अधिकारी र मकवानपुरका कृष्ण सारु मगरको उम्मेदवारी परेको छ । खुला सचिवमा काभ्रेका दयाराम महत र सिन्धुपाल्चोकका युवराज पुरीको उम्मेदवारी परेको छ । समावेशी सचिवमा जीवन लामा र राजन विकको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा रमेश ढुंगेल र रामचन्द्र नेपालको उम्मेदवारी परेको छ ।

खुला सदस्य ५ जनाका लागि ११ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यतर्फ नुवाकोटका कृष्णप्रसाद ढुंगाना र रामहरि गजुरेल, मकवानपुरका गोपी न्यौपाने, सुजन विडारी र सुदीप सिवाकोटी, सिन्धुपाल्चोकका जीवन कुँवर, चितवनका प्रकाश सिग्देल, रसुवाका प्रेमप्रसाद पौडेल, सिन्धुलीका लक्ष्मण घिमिरे, दोलखाका श्यामप्रसाद खतिवडा र सन्तोष भुजेलको उम्मेदवारी परेको छ । 

३ जना महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा सिन्धुलीकी अञ्जु तामाङ, चितवनकी सविता श्रेष्ठ, रामेछापकी ज्ञानु श्रेष्ठ, काभ्रेकी सविता न्यौपाने र सम्झना हुमागाईंको उम्मेदवारी परेको छ ।

एकजना दलित सदस्यमा धादिङका केशव नेपाली र सिन्धुपाल्चोकका प्रकाश सुन्दासको उम्मेदवारी परेको छ । दुईजना आदिवासी जनजाति सदस्यमा रामेछापका अमृतबहादुर सुनार, धादिङका काजी श्रेष्ठ, चितवनका गीता गुरुङ र काभ्रेका पेमा लामाको उम्मेदवारी परेको छ । दुईजना मधेसी सदस्यका लागि चितवनकी पवित्रा ढकाल (भगत), प्रवीणकुमार दत्त र सरिता महतोको उम्मेदवारी परेको छ ।



उम्मेदवारीमाथि दाबी विरोध र अन्तिम नामावली शुक्रबार प्रकाशित हुनेछ भने निर्वाचन कार्यक्रम चैत २५ गतेका लागि तय गरिएको छ ।



  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १९:२१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया