नेकपा (माओवादी केन्द्र)का तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले बुधबार राजीनामा दिएका छन्।
राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगर छन् ।
उनीहरुले पार्टीको निर्देशन बमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष राजीनामा बुझाएका हुन्।
दुवैजना मन्त्रीले बुधबार दिउँसो एक बजे राजीनामा बुझाएका हुन् । माओवादीले समर्थन फिर्ता लिए पनि जनमोर्चाको समर्थनका कारण पृथ्वी सुब्बा नेतृत्वको प्रदेश सरकार बहुमतमै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।