logo-img

भियतनामी समकक्षीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपतिको कार्यभार सम्हालेको​मा न्युयेन सुआन फुकलाई हार्दिक बधाई ज्ञापन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले उनलाई बिहीबार बधाई सन्देश पठाउँदै भियतनामको राष्ट्रपतिमा निर्वाचित हुनु उनप्रतिको भियतनामी जनताको विश्वास र भरोसाको प्रमाण भएको बताइन् ।

सन्देशमा राष्ट्रपतिले उनको सक्षम नेतृत्व तथा भियतनामको विकास र समृद्धिका निम्ति उनले गरेको योगदानको सम्मान भएको उल्लेख गरेकी छिन् । 



यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामको प्रधानमन्त्रीमा पाम मिन चिन बहाल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले सन् २०१९ मा भएको आफ्नो भियतनाम भ्रमणको स्मरण गर्दै दुई देशबीच विद्यमान सांस्कृतिक सामीप्य र मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री चिनको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।





  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार २०:५५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया