मनकामना केबलकार सोमबारबाट पुनः सञ्चालनमा आउने

मनकामना दर्शन प्रालिले आगामी सोमबारबाट मनकामना केबलकार सेवा पुनः सञ्चालनमा आउने जानकारी गराएको छ । कम्पनीले यसअघि ३१ चैत (मंगलबार)बाट केबलकार सुचारु हुने जानकारी गराएको थियो । 

कम्पनीले शनिबार एक सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न हुने भएकाले निर्धारित मितिभन्दा एक दिनअगावै केबलकार सञ्चालनमा आउने जानकारी दिएको हो ।

मनकामना केबलकारले २३ वर्षअघिबाट सेवा सुरु गरेको हो । लामो समयसम्मको सञ्चालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने रणनीति लिएको कम्पनीले जनाएको छ ।

हाल एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने, केबुल लट्ठा बदल्ने, सञ्चार केबललाई सेट्रा केबलमा रुपान्तरण गर्ने, डिसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी अत्याधुनिक प्रविधियुक्त बनाउने कम्पनीले तयारी थालेको छ ।





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार २१:६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया