महेन्द्रसिंह धोनीलाई १२ लाख जरिवाना !

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले आइपिएल टिम चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ । 

आइपिएल अन्तर्गत शनिबार भएको दिल्ली क्यापिटल्स विरुद्धको खेलमा न्युनतम ओभर गति नियमको उल्लङ्घन गरेको भन्दै धोनीलाई जरिवाना लगाइएको आइपिएलले जारी गरेका एक विज्ञप्तिमा उल्लेख गरिएको छ । 

चेन्नईले न्युनतम ओभर गति नियम अनुसार बलिङ गर्न नसकेर खेल निर्धारित समय भन्दा ढिला सम्पन्न भएको आइपिएलले जनाएको छ । 

दिल्ली विरुद्धको उक्त खेलमा चेन्नई ७ विकेटले पराजित भएको थियो । 





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १२:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया