जमलको नाचघरमा सर्‍याे दूरसञ्चार प्राधिकरणको कार्यालय

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय सरेको छ । यसअघि कमलादीमा रहेको प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघर जमलको सांस्कृतिक संस्थान अर्थात् व्यापारिक भवनमा सरेको हो ।  

प्राधिकरणबाट हुँदै आएका सम्पूर्ण काम आजदेखि जमलस्थित नाचघरबाट प्रवाह भएको जनाइएको छ । आफ्नै कार्यालय भवन नभएको प्राधिकरणले नाचघरको व्यापारिक भवन १० वर्षका लागि भाडामा लिएको हो । प्राधिकरणले नयाँ भवनलाई मासिक रुपमा प्रति वर्ग फिट ७० रुपैयाँका दरले भाडा बुझाउने गरी सम्झौता गरेको जनाइएको छ ।

प्राधिकरणले यसअघि खुमलटारस्थित रेडियो नेपालको जग्गामा कार्यालय भवन बनाउने तयारी थालेको थियो । ४२ रोपनी उक्त जग्गामा भवन बनाउने प्रक्रिया सुरु नभएपछि प्राधिकरणले नाचघरको भवनमा कार्यालय सारेको हो ।  





  • प्रकाशित मिति : वैशाख २, २०७८ बिहीबार २०:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया