नेपाल सुपर लिगको फ्रेन्चाइज टिम धनगढी एफसीलाई दक्षिण कोरियाली कार उत्पादक कम्पनी कियाले मुख्य प्रायोजका रूपमा साथ दिने भएको छ ।
धनगढी एफसी र किया नेपालका अशिन लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधि १ वर्षको भए पनि रकम भने खुलाइएको छैन ।
सम्झौतापछि धनगढीले प्रयोग गर्ने जर्सीको अघिल्लो भागमा कियाको लोगो हुनेछ ।
विशाल राई मार्की खेलाडी रहेको धनगढीको मुख्य प्रशिक्षक युगल किशोर राई छन् । टिमको कप्तानी राष्ट्रिय टिमका समेत कप्तान रहेका गोलरक्षक किरण चेम्जोङले गर्नेछन् ।
नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गर्ने प्रतियोगिताका वैशाख ११ देखि जेठ १ सम्म दशरथ रंगशालामा हुनेछ ।
७ फ्रेन्चाइज टोलीको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्ने छन् ।
धनगढीले वैशाख १२ मा विराटनगर सिटी एफसीसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।