logo-img

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

कोरोना संक्रमणपछि होम-आइसोलेसनमा बसिरहेका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि श्रेष्ठलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । चिकित्सकको सल्लाह अनुसार श्रेष्ठलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

श्रेष्ठका परिवारका सबै सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । श्रेष्ठकी छोरी सराना श्रेष्ठ र उनलाई छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । सरानालाई भने सामान्य अवस्था रहेको भन्दै डिस्चार्ज गरिएको छ ।

अस्पताल भर्ना भएको पनि बुवाको अवस्था आत्तिनु पर्ने नभएको सरानाले बताएकी छन् । सराना लगायत छोरा यमन, बुहारी रिंकु कोरोना संक्रमणका कारण होम-आइसोलेसनमा छन् । उनीहरुलाई वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : वैशाख १२, २०७८ आइतबार १३:१५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया