भारतले बैंकक र फ्रान्सबाट अक्सिजन ट्यांकर र प्लान्ट मगाउँदै

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारले १८ ट्यांकर अक्सिजन र २१ अक्सिजन प्लान्ट फ्रान्सबाट मगाउने निर्णय गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केजरीवालले भने, ‘दिल्ली सरकारले अठार ट्यांकर अक्सिजन बैंककबाट झिकाउने निर्णय  गरेको छ । भोलिबाटै ट्यांकर आउनेछन् । हामीले एयर फोर्स जहाज प्रयोग गर्नका लागि अनुरोध गरेका छौँ । कुरा भइरहेको छ, म आशावादी छु कि यो काम फत्ते हुनेछ । ’

यसैगरी केजरीवालले फ्रान्सबाट अक्सिजन प्लान्ट झिकाउने बारेमा बोल्दै भने, ‘हामीले २१ वटा तयारी अक्सिजन प्लान्ट फ्रान्सबाट झिकाउँदै छौँ । जसलाई चाँडै नै प्रयोगमा ल्याउन सकिनेछ । अक्सिजन प्लान्ट विभिन्न अस्पतालमा राखिनेछ । जसले अस्पतालमा अक्सिजनको कमी हुने छैन ।’

उनले बितेको तीन दिनमा दिल्लीमा कोरोना भाइरसको नयाँ तरंगले हालत एकदमै नाजुक बनाएको जानकारी दिए ।

‘हामी सबै यस भाइरसविरुद्ध सँगै लड्नुपर्ने हुन्छ । हामी एक भएमा मात्र यो नयाँ तरंगमाथि जित हासिल गर्न सक्छौँ’, केजरीवालले थपे ।

दिल्लीमा सोमबार मात्रै २० हजार २०१ नयाँ संक्रमित थपिएका थिए । यससँगै दिल्लीमा १ लाख ४७ हजार ९१६ जनामा संक्रमण देखिएका छन् । बितेको २४ घन्टामा ३८० जनाले ज्यान गुमाएका छन् । दिल्लीमा ९२ हजार ३५८ सक्रिय संक्रमित छन् । दिल्लीमा हालसम्म कोरोना भाइरसबाट १४ हजार ६२८ जनाले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : वैशाख १४, २०७८ मंगलबार १५:५६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया