पिसिआर परीक्षण गर्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर  परीक्षणको शुल्क बढी नलिन आग्रह गरेको छ । केही प्रयोगशालाले विभिन्न बहानामा थप शुल्क लिने गरेको गुनासो बढिरहेको भन्दै त्यस्तै नगर्न मन्त्रालयले चेतावनी दिएको हो ।

निजी प्रयोगशालाका लागि २ हजार र सरकारीका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । त्योभन्दा बढी लिएको पाइए प्रयोगशालाको परीक्षण सूचीबाट नै हटाउने मन्त्रालयले चेतावनी दिएको हो ।

बढी शुल्क लिने प्रयोगशालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालालाई नेपाल सरकार प्रमुख विशेषज्ञ स्तरीय निर्णयअनुसार परीक्षणको सूचीबाट हटाइने मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको सूचनामा भनिएको छ ।

अहिले देशभरका ८६ प्रयोगशाला सञ्चालनमा रहेका छन् । जसमा ५० वटा सरकारी र ३६ वटा निजी रहेका छन् । तीमध्ये ६७ प्रयोगशालाले मात्र पिसिआर परीक्षण गराउँदै आएका छन् । बाँकी प्रयोगशालाले तत्काललाई पिसिआर परीक्षण बन्द गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख १४, २०७८ मंगलबार १६:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया