प्रदेश २ को सचिवालयका ३ जना कर्मचारी कोरोना संक्रमित, प्रदेश सभा बैठक स्थगित

प्रदेश २ को प्रदेश सभा सचिवालयका ३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

कर्मचारी कोरोना संक्रमित भएपछि मंगलबार बिहान ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक स्थागित गरिएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । 

उनले प्रदेश सभाको पाँचौं अधिवेशनको तेस्रो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताए ।

करिब ६ महिना पश्चात् प्रदेशसभाको पाँचौं अधिवेशनको पहिलो बैठक चैत ३० गते बसेको थियो । दोस्रो बैठक वैशाख १० गते भएपछि तेस्रो बैठक वैशाख १४ गतेका लागि तय गरिएको थियो । तर, कर्मचारीहरु कोरोना संक्रमित भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । 

प्रदेशसभाको पाँचौं अधिवेशनमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रक्रिया सुरु भएको थियो ।





  • प्रकाशित मिति : वैशाख १४, २०७८ मंगलबार १६:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया