धार्मिक भीडमा भागदौड हुँदा इजरायलमा ४४ को मृत्यु

इजरायलमा धार्मिक कार्यक्रमका लागि जम्मा भएको भीडमा भागदौड हुँदा ४४ जनाले ज्यान गुमाएका छन् । यहुदी पर्व मनाउन भेला भएकाहरु बीच भागदौड हुँदा ४४ जनाको मृत्यु भएको तथा दर्जनौँ घाइते भएका अलजजिराले लेखेको छ ।

उत्तरी इजरायलको माउन्ट मेरोनमा गएराति भएको धार्मिक कार्यक्रमका क्रममा भागदौड मच्चिएको थियो । जसमा परी कम्तीमा ४४ जानको ज्यान गएको इजरायलको उद्धार सेवाले जनाएको छ । 

माउन्ट मेरोनमा वार्षिक पर्व मनाउन दशौँ हजार मानिस एकै ठाउँ भेला भएका थिए । भीड धेरै भएकाले उद्धार कार्यमा समेत कठिनाइ भएको आपतकालीन सेवा प्रदायकहरुलाई उधृत गर्दै समाचारमा उल्लेख छ । 

यहुदीहरुले हरेक वर्ष मनाउने धार्मिक पर्व गतवर्ष कोरोना भाइरस संक्रमणको महामारीका कारण रोकिएको थियो । यसवर्ष भने पर्व मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएका थिए । सोही क्रममा घटना भएको हो । 

प्रशासनले धार्मिक कार्यक्रमका लागि १० हजार जना भेला हुनका लागि स्वीकृति दिएको थियो । तर, उक्त स्थानमा ३० हजारभन्दा बढी मानिसको उपस्थिति रहेको अलजजिराले लेखेको छ । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त घटनालाई ठूलो विध्‍वंसको रुपमा लिएको बताएका छन् । घटनाले ठूलो आपत आइलागेको भन्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।



 



  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार ९:४७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया