रोमाञ्चक बन्दै ला लिगा उपाधि होड

स्पेनिस ला लिगाको ३३ औँ चरण सकिएको छ । अब सबै टिमले मात्र ५ खेल खेल्न बाँकी छ । अन्त्यतिर आइपुग्दा ला लिगा उपाधि होड निकै रोमाञ्चक बनेको छ ।

उपाधि होडमा शीर्ष ४ टोलीको तीव्र प्रतिस्पर्धा चलिरहेको छ । बुधबार राति घरेलु मैदानमा ग्रानाडासँग २–१ ले पराजित भएपछि बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । यसले उपाधि होडमा रहेका अन्य टोलीलाई फाइदा पुग्यो । ला लिगाको उपाधि होडमा अहिले एट्लेटिको मड्रिड, रियल मड्रिड, बार्सिलोना र सेभिल्ला छन् । 

शीर्ष स्थानको एट्लेटिको र चौथो स्थानको सेभिल्लाबीच मात्र ३ अंकको फरक छ । एक खेलको नतिजाले उपाधि समीकरणमा ठुलो फेरबदल ल्याउने देखिन्छ ।
 ला लिगाको बाँकी खेलमध्ये तेस्रो स्थानको बार्सिलोना र शीर्ष स्थानको एट्लेटिको मड्रिडबीचको खेलमा सबैको नजर रहने छ ।
मे ८ मा बार्सिलोनाको घरेलु मैदानमा हुने यो खेलले केही हदसम्म उपाधि होडको टुङ्गो लगाउने छ । 

शीर्ष ४ का बाँकी खेल

एट्लेटिको मड्रिड

एट्लेटिको ३३ खेलमा २२ जित, ७ बराबरी र ४ हारको नतिजासहित ७३ अंकका साथ लिगको शीर्ष स्थानमा छ ।  
एट्लेटिकोले पछिल्ला पाँच खेलमा समान २–२ जित र हार तथा १ बराबरीको नतिजा निकालेको छ । 
उसले बाँकी ५ खेलमा ओसासुना र रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्दा, बार्सिलोना, इल्चे र रियल भालाडोलिडसँग अवे मैदानमा खेल्ने छ । 



रियल मड्रिड

रियल ३३ खेलमा २१ जित, ८ बराबरी र ४ हारको नतिजासहित ७१ अंकका साथ लिगको दोस्रो स्थानमा छ ।  
रियलले पछिल्ला पाँच खेलमा हार व्यहोर्नु परेको छैन । उसले २ जित र  २ बराबरीको नतिजा निकालेको छ । 
उसले बाँकी ५ खेलमा भिल्ला रियल, ओसासुना र सेभिल्लालाई घरमा स्वागत गर्दा एट्लेटिको बिल्बाओ र ग्रानाडाको भ्रमण गर्नेछ ।



बार्सिलोना

लिगको तेस्रो स्थानमा रहेको बार्सिलोनाले ३३ खेलमा २२ जित, ५ बराबरी र ६ हारको नतिजासहित ७१ अंक जोडेको छ ।  
बार्सिलोनाले पछिल्ला पाँच खेलमा समान ३ जित र २ हारको नतिजा निकालेको छ । 
उसले बाँकी ५ खेलमा भ्यालेन्सिया, इबर र लेभान्तेसँग अवे तथा एट्लेटिको मड्रिड र सेल्टाभिगोसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने छ । 

सेभिल्ला

पछिल्लो समय निकै लयमा देखिएको सेभिल्ला ३३ खेलमा २२ जित, ४ बराबरी र ७ हारको नतिजासहित ७० अंकका साथ लिगको चौथो स्थानमा छ ।  
पछिल्ला ५ खेलमा पराजित रहेको सेभिल्लाले शतप्रतिशत जित निकालेको छ । 
उसले बाँकी ५ खेलमा एलाभेस, एट्लेटिको बिल्बाओ र भ्यालेन्सियासँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दा रियल मड्रिड र भिल्ला रियलसँग अवे मैदानमा प्रतिस्पर्धा गर्ने छ । 


 

  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार १४:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया