logo-img

गायक प्रकाश सपुतलाई कोरोना, भने : यसलाई सामान्य नठानौँ

गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण भएको छ ।  बिहीवार काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा सपुतलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनले यो कुराको पुष्टि गरेका छन्। 

उनले आफूलाई कोरोना भएको भन्दै सम्पर्कमा आएका सबैलाई पिसिआर परीक्षण गर्न अपिल गरेका छन्। 'सर्वप्रथम त मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैले पिसिआर टेस्ट गर्नु होला', उनले भनेका छन्, 'एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ। पुष्टि भएपछि होम आइसोलेशनमा छु, अवस्था सामान्य छ।'

उनले कोरोनालाई सामान्य नठान्‍न पनि आग्रह गरेका छन्। 'कोरोना जित्न सकिन्छ भन्‍ने आत्मबल त राखौँ तर यसलाई सामान्य नठानौँ', उनले भनेका छन्, 'किनकी लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ। सतर्कता अपनाऊँ, सुरक्षित बसौँ !'



अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा...

Posted by Prakash Saput on Friday, April 30, 2021




  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार १४:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया