logo-img

मदनकृष्ण श्रेष्ठ भन्छन् : कोरोनाले प्लेटको भात चम्चाले खान नसक्ने बनाइदियो
आठ दिन लामो उपचारपछि आज घर फर्किए

कोरोना भाइरस संक्रमण भएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ आठ दिन लामो उपचारपछि अस्पतालबाट घर फर्किएका छन्। शुक्रबार एक भिडियो सन्देश जारी गर्दै उनले कोरोनालाई कुनै हालतमा खेलाँची नगर्न पनि अपिल गरेका छन्। 

सुमउनले यो बेला सबै सचेत हुनुपर्ने बताए। 'यो बेला सबैले सबैको राम्रो सोचौँ', उनले भनेका छन्, ' केही छैन जिन्दगी, शरीर फलाम जस्तो लाग्थ्यो, पहाड फोड्न सक्छु जस्तो लाग्थ्यो तर हावा मात्रै रहेछ।'

उनले देश संकटमा परेका बेला राजनीतिक कुरा गरेर कृतघ्न नहुन पनि भनेका छन्। 'यो बेला राजनीतिक कुरा गरेर कृतघ्न नबनौँ। मनमा राक्षस होइन, भगवान पलाउनुपर्ने रहेछ', उनले अगाडि भनेका छन्, 'आठ दिन मेडिसिटी अस्पतालमा उपचारपछि घर फर्किएँ। कोरोनाले जिउ पूरै गलाउँदो रहेछ।'

उनले पहिलो लहर र दोस्रो लहरमा पनि फरक रहेको सुनाए। 'पहिलाको कोरोनाले इम्युनिटी पावर जिरो बनाउँथ्यो तर इनर्जी पावर केही हुन्थ्यो,' उनले भने, 'तर अहिलेको कोरोनाले इम्युनिटी पावर केही बाँकी रहने तर इनर्जी पावर जिरो बनाउँदो रहेछ। प्लेटको भात पनि चम्चाले निल्न नसक्ने बनाइदियो मलाई।'

उनले आफ्नो परिवारका पाँचैजना सदस्यलाई कोरोनाले छोएको स्मरण गरे। 'मनमा भगवान भएका छिमेकीहरू पाउँदा भाग्यमानी छु। एकले अर्कालाई माया गरौँ, प्रेम गरौँ', उनले भनेका छन्, 'संसारको दुर्दशा भएको छ। सबैले कोरोनालाई जित्नुपर्छ। मास्क अनिवार्य लगाउनुपर्छ। मास्क नछाड्नु, भीडभाडमा नजानु।'





  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार २३:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया