लुम्बिनी प्रदेशमा जसपाबाट थपिए दुई मन्त्री

बुटवल : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट मन्त्री बनेका दुई जनाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्। 

जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको कारबाहीमा परेर सांसद पद गइसकेका कल्पना पाण्डे र राज्यमन्त्री सुमन शर्मा रायमाझीले सपथ लिएका हुन्।

समानुपातिक सदस्य कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री भएकी छन्। अर्की समानुपातिक सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्य मन्त्री बनेकी छन्। पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथ खुवाए। राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाएका छन्। 

यसअघि अविश्वास प्रस्ताव दर्ता भएकै दिन गत वैशाख ६ गते उनीहरु दुवै त्यही मन्त्रालयमा पुगेका थिए।  तर जसपाले कारबाही गरेपछि उनीहरुले सांसद पद गुमाएका थिए। 

यसैगरी आइतबार दुई जना मन्त्रीले सपथ लिएका थिए। यससँगै जसपाबाट चारैजना मन्त्री फर्किएका छन्। तर उनीहरु निलम्बित छन् । लुम्बिनीको ७ सदस्यीय मन्त्रिमण्डलमा एमालेका ३ र जसपामा ४ मन्त्री भएका छन्।





  • प्रकाशित मिति : वैशाख २०, २०७८ साेमबार १८:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया