नेपाल सुपर लिग अन्तर्गत बुधबारको खेलमा धनगढी एफसी विजयी भएको छ ।
उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल पोखरा थन्डर्स एफसीमाथि १-० को कठिन जित हात पारेको हो ।
खेलको ६८ औँ मिनेटमा दर्शन गुरुङले गरेको एक मात्र गोल धनगढीलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । उनले डिबक्स बाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो ।
जितसँगै धनगढी ५ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा पोखरा समान खेलबाट ५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।