जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओलीलाई प्रधानमन्त्रीबाट आजै विदा गर्नुपर्ने ४ कारण औँल्याएका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ओली असफल भएकाले जसरी उनलाई सरकारबाट विदा गर्नुपर्ने बताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईका अनुसार ओलीलाई आजै विदाई गर्नुपर्ने प्रमुख कारण यी हुन्
१)कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको ।
२)संविधान विपरित संसद विघटन गरेर, दुईतिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको ।
३)संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको ।
४)खोप र औषधि खरिदमा समेत भ्रष्टाचार गरेको ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।