logo-img

१९ बोरा अवैध सुर्तीसहित सुर्खेतमा एक जना पक्राउ

अवैध रूपमा भित्र्याइएको भारतीय सुपरपावर सुर्तीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत नगरपालिका-३ को नयाँ मार्ग टोलमा रहेको युनिसा खाद्य स्टोरले लुकाई राखेको १९ बोरा सुपर पावर सूर्ती र म्याद नागेको पटका बरामद गरिएको हो ।  

नगर प्रहरी कार्यालयको टोलीले युनिसा स्टोरबाट ५ बोरा र घरमा लुकाएको १५ बोरा सहित सञ्चालक बमबहादुर रोकायलाई पक्राउ गरेको नगर प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक नेत्र बुढाले जानकारी दिए ।

भारतीय अवैध सुर्ती निषेधाज्ञाको समयमा लुकाई छिपाई ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका रोकायले सुर्ती आफ्नो नभएको बयान दिएका छन् भने मुख्य व्यापारीको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।







  • प्रकाशित मिति : वैशाख २७, २०७८ साेमबार १३:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया