बाबुरामको प्रस्ताव : वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सर्वदलीय सरकार

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सर्वदलीय सरकार बनाउनु पर्ने बताएका छन् । 

बुधबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै भट्टराईले अहिलेको देशको संकट समाधान गर्नका लागि सबै दलको सहभागिताको सरकार बनाउन प्रस्ताव गरेका छन्।

सरकारको नेतृत्व भने अहिलेका पूर्व प्रधानमन्त्री बाहेकले गर्नुपर्ने भट्टराईको तर्क छ । 
यस खालको सरकारको कोभिड–१९ नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोगका मुद्दा, संविधान संशोधन लगायत साझा एजेण्डा रहनु पर्ने उनको भनाइ छ । 

साथै यही सरकारले १ वर्षभित्र निर्वाचन गर्नेगरी सहमति गर्न पनि उनले प्रस्ताव गरेका छन् । 
 





  • प्रकाशित मिति : वैशाख २९, २०७८ बुधबार ७:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया