logo-img

सेनाले गर्‍यो ४६८२ शव व्यवस्थापन, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा ४०८४ मात्र

नेपाली सेनाले अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु भएका ४ हजार ६८२ शव व्यवस्थापन गरेको छ । सेनाले २०७८ वैशाख २२ गते पहिलो शवको व्यवस्थापन गरेको थियो । 

हिजो वैशाख २८ गतेसम्ममा देशभरबाट ४ हजार ६८२ शवको व्यवस्थापन गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । 

उपत्यकाका प्रितनाले मात्र वैशाख महिना भर २ हजार ३५० वटा शव व्यवस्थापन गरेको जनाइएको छ । वैशाख २२ देखि २८ गतेसम्म काठमाडौंभित्र सेनाले ५०३ वटा शव व्यवस्थापन गरेको छ ।



उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने २८ गतेसम्म कोरोना संक्रमणबाट ४ हजार ८४ जनाको मात्र मृत्यु भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्य कार्यालय, अस्पताल, स्थानीय पालिकामार्फत् प्राप्त भएको तथ्यांक सार्वजनिक गरेको जनाएको छ ।

सेनाका प्रवक्ता पौडेलले आफ्नो कोरोना डेस्कमा आएको फोन र शव व्यवस्थापन गरेको आधारमा तथ्यांक सार्वजनिक गरिएको बताए । सेना र मन्त्रालयको तथ्यांकमा सुरुदेखि नै फरक हुँदै आएको पौडेलले बताए । 

‘हामीले त शव व्यवस्थापन गरेको आधारमा नै तथ्यांक राख्ने हो । सिसिएमसीमार्फत् हामीलाई शव व्यवस्थापनका लागि अनुरोध आउँछ । त्यही आधारमा हामीले शवको व्यवस्थापन गर्छौं’, प्रवक्ता पौडेलले भने ।



स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने तथ्यांकमा केही तलमाथि भएको स्वीकार गरे । स्वास्थ्य कार्यालयमार्फत् आउने तथ्यांकलाई नै मन्त्रालयले आधिकारिक मान्ने भन्दै उनले केही कमजोरीका कारण तथ्यांकमा त्रुटी भएको बताए ।



  • प्रकाशित मिति : वैशाख २९, २०७८ बुधबार १७:२०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया