logo-img

कर्णालीमा एकै दिन १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा ९ जना, मेहलकुना अस्पताल सुर्खेतमा एक जना र सल्यानमा २ जनाको मृत्यु भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कर्णालीमा थप ७१९ जनामा संक्रमण पुष्टि भएको छ । आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ४०२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१७ जनामा संक्रमण पुष्टि भएको हो ।

पिसिआर र एन्टिजेन विधिबाट कुल संक्रमितको संख्या १४ हजार ७३० पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ९ हजार ३९ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४ हजार ७०६ जना संक्रमित प्रदेशका अस्पताल तथा आइसोलेसन, होम आइसोलेसन सेन्टरहरूमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप ३२० जना संक्रमित निको भएका छन् ।







  • प्रकाशित मिति : वैशाख २९, २०७८ बुधबार १९:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया