logo-img

सेनालाई शव व्यवस्थापन गर्न हम्मेहम्मे

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि शव व्यवस्थापनमा नेपाली सेनालाई हम्मेहम्मे परेको छ । पछिल्ला दिनमा दैनिक एक सयभन्दा बढी शवको व्यवस्थापन गर्दै आएको सेनाले अहिलेसम्म ४ हजार ८ सयभन्दा बढी शवको व्यवस्थापन गरिसकेको छ । 

मृत्यु हुनेमध्ये ५० प्रतिशत काठमाडौं उपत्यकामा छन् । 

नेपाली सेनाले रात दिन गरेर शवको व्यवस्थापन गर्दै आएको प्रवक्ता शन्तोषबल्लभ पौडेलले बताए । ‘दिनप्रतिदिन मृतकको संख्या बढिरहेको छ । हामीले शव व्यवस्थापनमा थोरै समय पनि ढिलाइ गर्‍यौं भने थप समस्या आउँछ । सेना जतिसक्दो चाँडो शवको व्यवस्थापनतिर ध्यान केन्द्रित छ’, प्रवक्ता पौडेलले भने ।



सेनालाई शव व्यवस्थापनको चुनौती काठमाडौं उपत्यकामा छ । काठमाडौं उपत्यकाका तिनै जिल्लामा विभिन्न टोली बनाएर शवको व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाइ छ । 

पशुपति आर्यघाटको विद्युतीय शवदाह बिग्रिएपछि सेनाले यतिबेला बाग्मती किनारमै शव जलाउने काम गर्दै आएको छ । ‘एकातिर मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ, अर्कोतिर मेसिन बिग्रिएपछि हामीले बाहिरै अन्त्येष्टी गर्न थालेका छौं’, प्रवक्ता पौडेलले भने ।

काठमाडौंमा दिनभरमा शवको व्यवस्थापन गर्न नसकिएपछि रातमा पनि हुँदै आएको छ । ‘दिनभर नसकेको शव रातभर लगाएर सक्नैपर्छ नत्र, अर्को दिनलाई फेरि थुपारिन्छ । हामीले सीमित स्रोत साधनका बावजुद शवको व्यवस्थापन गर्दै आएका छौं’, पौडेलले भने ।





  • प्रकाशित मिति : वैशाख ३१, २०७८ शुक्रबार १४:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया