माओवादी केन्द्रलाई नयाँ ढंगले अगाडि बढाउन प्रचण्डले मागे सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई कस्तो बनाउने भन्दै सार्वजनिक सुझाव मागेका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत सुझाव मागेका हुन् । 

प्रचण्डले आगामी दिनमा पार्टीको विचार, राजनीतिक र संगठनात्मक संरचना कस्तो बनाउनुपर्छ भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा सुझाव मागेका हुन् । उनले घाइते, अपांग र शहीद परिवारको विषयमा विषयमा पनि राय मागेका छन् । 

प्रचण्डले अब माओवादी केन्द्रको नेता कार्यकर्ताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकाले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको बताएका छन् । 

प्रचण्डले लेखेका छन्, 'हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहीद परिवार लगायत नेता कार्यकर्ताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकाले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ ।'

प्रचण्डले राय सुझाव पठाउनका लागि पार्टीको इमेल ठेगाना पनि उक्त अनुरोधमा राखेका छन् । माओवादीका बारेमा सुझाव इमेलमार्फत cpnmcsujhav@gmail.com मा पठाउन सकिन्छ । 





  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार ७:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया