कमल थापाको माग : ओली र देउवाको दावी खारेज गरी निर्वाचन घोषणा होस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपतिले शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको प्रस्ताव खारेज गर्नुपर्ने माग गरेका छन् । 

संविधानको धारा ७६(५)अनुसार आफूलाई प्रधानमन्त्री बनाउन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दावी पेश गरेका छन् । 

दुवैको दावीमा विश्वासको मत प्राप्त गर्ने आधार नभएको भन्दै खारेज गरी निर्वाचन घोषणा गर्नु पर्ने माग थापाले गरेका हुन् । 

‘दुवै जाली–किर्ते हुन्। दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्’ थापाले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिलाई आग्रह गरेका छन्।

 नेताहरुले संघीय गणतन्त्रलाई गाई जात्रामा परिणत गरेको लोकतन्त्रको नाममा ब्रम्हलुट गरेको आरोप लगाउँदै थापाले अब जनतालाई नै विकल्प खोज्ने अवसर दिनुपर्ने बताएका छन् । 

 





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार १९:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया