न्यूनचापीय प्रणालीको प्रभाव : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा भने मौसम सामान्यतया सफा रहेको छ । 

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी तथा तराईका भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

भोलि जेठ ९ गते आइतबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

जेठ १० गते सोमबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै प्रदेश २ लगायत प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको तराईका भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 



आज दिनभर देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक  सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार ६:३९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया