logo-img

भोलिदेखि बिनाकाम घरबाहिर निस्किनेलाई २ सयदेखि ५ हजारसम्म जरिवाना

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ निर्देशक समितिको कमाण्ड सम्हालेकै भोलिपल्ट सरकारले कडाइ गर्ने रणनीति बनाएको छ।

गृहमन्त्रालयले देशभरका ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायका प्रमुखलाई परिपत्र गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन निर्देशन दिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई गृहसचिव महेश्वर न्यौपानेले देशका अधिकांश जिल्लामा कोरोना रोक्न जारी गरिएको निषेधाज्ञा कडा पार्न निर्देशन दिएका हुन्।



गृह प्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडा बनाइने भएको छ। त्यही अनुसार  काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्रसहित निर्देशन जारी गरिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले शुक्रबार राजपत्रमा प्रकाशित कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यान्वयनका लागि गृहले निर्देशन दिएको जानकारी दिएका छन्। 

गृहको निर्देशन अनुसार अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्न हाल जारी निषेधाज्ञा भोलिदेखि झनै कडा हुनेछ। मास्कको प्रयोग, होल्डिङ सेन्टर, जरिवाना र दण्डको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न गृहले भनेको उनले बताए।



अब सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गराइनेछ। कामबिना घरबाहिर निस्किनेलाई दुईसय रुपैयाँ जरिवाना तिराइने छ। प्रशासनको अनुमति नलिएका र बिरामी बोक्ने बाहेक सवारी साधन सडकमा निकालिए जरिवाना र कारबाही हुनेछ।

जरिवाना र सजाय 



सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना
कामबिना घरबाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराइने
अनुमति नलिएका सवारी साधन सडकमा निकालिए कारबाही हुने
दुई पांग्रेलाई २ हजार र चार पांग्रेलाई ५ हजार रुपैयाँ जरिवाना

  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार २१:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया