जनता समाजवादी पार्टी नेपालमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष बीचको विवाद उत्कर्षमा पुगेको छ ।
अध्यक्ष ठाकुर पक्षले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधे लगत्तै यादव पक्षले ठाकुरलाई स्पष्टीकरणको पत्र पठाएको छ ।
यादव पक्षले अध्यक्ष ठाकुरलाई ९ बुँदे स्पष्टीकरण पत्र पठाएको छ । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले अध्यक्ष ठाकुरलाई स्पष्टीकरण सोधिएको पत्र मंगलबार पठाएका हुन् ।
यसअघि मंगलबार नै अध्यक्ष ठाकुरले अध्यक्ष यादवलाई पार्टीविरुद्ध गतिविधिमा लागेको भन्दै स्पष्टीकरण सोधेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।