logo-img

बाँकेमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

नेपाल चिकित्सक संघ कर्णाली प्रदेश समितिले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटको घटनाको विरोध जनाएका छन् । 

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग गरेको हो । नेपाल चिकित्सक संघ कर्णाली प्रदेशका अध्यक्ष डा. नवराज केसी र महासचिव डा. केएन पौडेलद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । 

कोभिड १९ महामारीमा स्वास्थ्यकर्मीले आफ्नो ज्यानको प्रवाह नगरी स्वास्थ्य सेवामा खटिरहेको अवस्थामा सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 







  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १६:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया