भारतसँग वार्ताका लागि कश्मीरबारे इमरान खानको यस्तो शर्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग सम्भावित वार्ताका लागि कश्मीरलाई लिएर कडा शर्त राखेका छन्। उनले भारतसँग तब वार्ता हुनेछ, जब जम्मु-कश्मीरमा पाँच अगस्ट, २०१९ पहिलेको अवस्था फिर्ता हुनेछ।

भारतले पाँच अगस्ट, २०१९ मा  जम्मु-कश्मीरलाई दिइएको विशेष संवैधानिक दर्जा खोसेर यी दुई ठाउँलाई केन्द्र शासित प्रदेशमा विभाजित गरिदिएको थियो।

प्रधानमन्त्री इमरान खान आइतवार एक कार्यक्रममा सर्वसाधारणको प्रश्नको जवाफ दिइरहेका थिए। 'यदि पाकिस्तानसँग भारत आफ्नो सम्बन्ध बहाली गर्न चाहन्छ भने कश्मीरमा पुरानै अवस्था ल्याउनुपर्छ। यदि त्यसो नभएमा कश्मीरीलाई पीठ देखाए हुने तर्क उनले गरेका छन्। 

उनले यदि भारत पाँच अगस्टमा चालिएको कदमलाई फिर्ता लिन तयार हुन्छ भने आफूहरु वार्ताका लागि सदैव तयार रहेको बताएका छन्। इमरान खानले भारतसँग सम्बन्ध सुध्रिएमा पाकिस्तानलाई पनि धेरै फाइदा हुने कुरा स्वीकारेका छन्। 

उनले युरोपेली संघको उदाहरण दिँदै यसको फाइदा सबै सदस्य देशलाई भएको पनि चर्चा गरे। 'सत्तामा आउनु अघिबाट नै हामीले भारतसँग सम्बन्ध सुधार्न खोजेका हौँ। हामीले कश्मीरको मुद्दा वार्ताबाट हल गर्न खोजेको पनि हो। तर जो हालत अहिले छ, यही अवस्थामा यदि भारतसँग सम्बन्ध सुधार गर्न खोजियो भने कश्मीरबासीका लागि धोका हुनेछ।'

उनले सम्बन्ध सुध्रिँदा व्यापार बढे पनि शहादत बर्बाद हुने बताए। 'भारतसँग सम्बन्ध सुध्रिँदा हाम्रो कारोबार बढ्नेमा कुनै शंका छैन। तर हाम्रो शहादत बर्बाद हुनेछ', उनले भनेका छन्, यसैले रगतको मूल्यमा हामीबीच व्यापारको अहिलेको अवस्थालाई सुधार गर्न सकिँदैन।'



यता भारतले पटक पटक जम्मु-कश्मीर आफ्नो अभिन्न अंग भएको बताउँदै आफ्नो समस्याको समाधान गर्न आफू सक्षम रहेको बताउँदै आएको छ। भारतले पाकिस्तानसँग छिमेकी सम्बन्ध निभाउन तयार भएको हो भने आतंक र हिंसाबाट मुक्त वातावरण चाहिने तर्क गर्दै आएको छ। भारतले वार्ताको वातावरण बनाउने जिम्मा पाकिस्तानकै भएको जिकिर गरिरहेको छ।



  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार २१:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया