logo-img

संक्रमितको शव व्यवस्थापनमा नेपाल स्काउट

कोरोना संक्रमित भई मृत्यु भएकाहरुको शव व्यवस्थापनमा नेपाल स्काउट लागेको छ ।

यसअघि नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा सेनाले दिएको तालिमपछि नेपाल स्काउटले पनि शव व्यवस्थापन गर्न थालेको हो ।

नेपाल स्काउट प्रदेश नम्बर १ तदर्थ समितिको शव व्यवस्थापन टोलीले  संक्रमणबाट मृत्यु भएका विराटनगरका ५४ वर्षीय पुरुषको शव पहिलो पटक व्यवस्थापन गरेको छ ।



शव व्यवस्थापनमा नेपाली सेनाको टोलीलाई अत्यधिक चाप हुन थालेपछि प्रदेश १ का विभिन्न ३ जिल्लामा स्काउटरहरुलाई तालिम दिएर शव व्यवस्थापनका लागि तयार गरिएको स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालले जानकारी दिए ।

उनले भने, ‘तालिम प्राप्त टोलीले विराटनगरमा शव व्यवस्थापन पनि गरिसकेका छन् ।’

संक्रमितहरुको शव व्यवस्थापनका लागि प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई तालिम दिइएको थियो ।



नेपाली सेना पूर्वी पृतना हेडक्वार्टर र नम्बर २ बाहिनी अड्डा, हिलेले स्काउटको टोलीलाई तालिम दिएको थियो ।

स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।



  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १८:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया