खनाल-नेपाल समूहको बैठकमा सहभागी नहुन एमालेको निर्देशन

सत्तारुढ नेकपा एमालेले खनाल-नेपाल समूहले बोलाएको भनिएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ । अनधिकृत बैठकमा सहभागी नहुन एमालेले पार्टी केन्द्रीय कमिटीका सदस्यहरुलाई सूचित गरेको हो । 

एमाले केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै अनधिकृत बैठकमा सहभागी नहुनका लागि केन्द्रीय सदस्यहरुलाई सूचित गरेका हुन् । 

अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको भन्दै तामाङले त्यसविपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको उल्लेख गरेका छन् । 

तामाङले विज्ञप्तिमार्फत उक्त क्रियाकलापको निन्दा एवं भर्त्सना गरेका छन् । उनले केन्द्रीय कमिटीका सदस्यलाई पार्टीको विधान र मुलुकको कानुन विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सूचित गरेका छन् ।

खनाल-नेपाल समूहले आज ११ बजेका लागि केन्द्रीय समितिको बैठक राखेको छ । बैठक भर्चुअल माध्यमबाट हुने बताइएको छ । 





  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार ८:३४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया