बाल यौन उत्पीडनको मुद्दामा रिपोर्टिङ गर्ने अष्ट्रेलियन मिडियालाई साढे ८ लाख डलर जरिवाना

अष्ट्रेलियाको एक अदालतले १ दर्जन मिडियालाई १.१ मिलियन अष्ट्रेलियन डलर अर्थात् ८ लाख ४२ हजार अमेरिकन डलर जरिवानाको सजाय सुनाएको छ । अदालतको निर्देशन पालना नगर्ने मिडियालाई अदालतले जरिवाना गराएको हो । 

बाल यौन उत्पीडनको मुद्दामा अदालतको निर्देशनविपरीत समाचार सम्प्रेषण गरेको र मुद्दालाई प्रभावित बनाउने सामग्री बनाएको आरोपमा अदालतले मिडियाहरुलाई जरिवाना गराएको हो । 

नाइन इन्टरटेनमेन्ट कम्पनी र न्युज कर्पको स्वामित्वमा रहेका १२ वटा मिडियालाई सुप्रिम कोर्ट अफ भिक्टोरियाले जरिवाना गराएको हो । ती मिडियाले जर्ज पेलको बाल यौन उत्पीडन मुद्दामा अदालतको निर्देशनविपरीत समाचार सामग्री बनाएका थिए । 

भेटिकनका पूर्व कोषाध्यक्ष जर्जमाथि रहेको मुद्दामा अदालतले जारी गरेको निर्देशनको प्रभावकारिता र भावनाविपरीत त्यसलाई प्रभाव पार्ने गरी समाचार बनाएको भन्दै ती मिडियालाई अदालतले जरिवाना गराएको रोयटर्सले लेखेको छ । 





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार ९:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया