शंकर पोखरेलको आह्वान : अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले अब पार्टी एकताका लागि मन मिलाउने र पार्टी बनाउने कुरा गर्नुपर्ने बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

एमालेको नेतृत्व जेठ २ मा फर्कनका लागि तयार भएको अवस्थामा अब मन मिलाउने र पार्टी बनाउने कुरामा सबैजना लाग्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ । उनले अब सबै मिल्नुपर्ने बताए । 

मुख्यमन्त्री पोखरेलले जनता पार्टीको साथमै भएको भन्दै अब मन मिलाउने र पार्टी बनाउने कुरामा लाग्न अनुरोध गरे । 

पोखरेलले समस्या नेतृत्व बीचको भएको भन्दै अब पार्टी एक बनाउने पहल गर्नका लागि सबैलाई आह्वान गरे । 

 





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार ९:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया