एमाले ओली पक्षका नेता नेपाल पक्षका मन्त्रीको कार्यकक्षमा प्रवेश गर्दा हात हालाहाल

एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावल र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीबीच हात हालाहाल भएको छ । 

मन्त्री सोडारीका स्वकीय सचिव ललित बोहराका अनुसार बजेटसम्बन्धी छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र निजी सचिवालयलाई छल्दै सोमबर सांँझ साढे ७ बजेको समयमा कार्यकक्ष भित्र पसी उनले हातपात गरेका हुन् । 

मन्त्री सोडारी नेकपा एमाले माधव समूहका नेता हुन् भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन् । एमाले सचिव राजेन्द्र रावलले  पनि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आनुमाथि हातपात गरेको आरोप लगाएका छन् । 

पार्टी निर्देशनअनुसार सोमबार नेकपा एमालेका मन्त्रीसहित प्रदेश सभा सदस्यहरुलाई पत्र पु¥याउन जाँदा मन्त्री सोडारीले आफूमाथि हातपात गरेको आरोप रावलको छ । साथै मन्त्री सोडारीले दुर्व्यवहार गरेको पनि रावलले बताएका छन् । 

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने कार्यक्रम तय भएकाले नेकपा एमालेबाट मन्त्री भएका तथा प्रदेश सभा सदस्यहरुलाई पार्टीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्न आशयको पत्र बुझाउन गएको थिए । 

‘मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरेपछि उहाँले मेरो कठालो समातेर हातपात गर्नुभयो’ उनले भने ।





  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार ८:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया