खेलकुद क्षेत्रलाई खोपको प्राथमिकतामा राख्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा खेल क्षेत्रका व्यक्तिलाई प्राथमिकता दिइने बताएका छन् । बुधबार नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिलाई पनि प्राथमिकता दिइने बताएका हुन् । 

उनले भने, ‘सम्भवतः केही दिनभित्रै कोभिडको भ्याक्सिनसम्बन्धी सकारात्मक समाचार तपाईंहरुले पाउनुहुनेछ ।’ जनता उपचारअभावमा मर्नु नपरोस् भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेर अगाडि बढेको उनले बताए ।

नेपाल खेलकुद महासंघले खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकताअनुसार कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, पिसिआर परीक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासंघले सरकारसँग अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १८:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया