स्वास्थ्यमन्त्रीको सम्पत्ति विवरण : चार जिल्लामा जग्गा, ७० लाख बढी ऋण

स्वास्थ्यमन्त्री शेर बहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । यसअघि नै सामान्य विवरण दिएका मन्त्री तामाङले आफ्नो सम्पत्तिको पूर्ण विवरण सार्वजनिक गरेका हुन् । 

तामाङले सार्वजनिक गरेको विवरणमा श्रीमती उषाकला राई र तामाङको नाममा रहेको सम्पत्ति र ऋणको विवरण रहेको छ । जसमा तामाङले आफूले कुल १ करोड २२ लाख ऋण लिएको र करिब ५२ लाख तिरेको उल्लेख गरेका छन् । 

यस्तै मन्त्री तामाङ र राईको नाममा काठमाडौंसहित विभिन्न ४ जिल्लाको १४ ठाउँमा जग्गा रहेको उल्लेख छ । यस्तै बैंकमा करिब सवा तीन लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख छ ।

सिन्धुपाल्चोकमा रहेको जग्गा आफूले पैत्रिक अंशवण्डाबाट पाएको र बाँकी रहेको काठमाडौं, मोरङ र खोटाङमा जग्गा जोडेको मन्त्री तामाङले उल्लेख गरेका छन् । 

काठमाडौंको गोकर्णेश्वरमा घरसहित जग्गा रहेको बताएका मन्त्री तामाङ दम्पतीसँग २२ तोला सुन रहेको छ । 



 



  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ९:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया