logo-img

बेल्जियमका डिफेन्डर कास्टान्गेले युरोकपका बाँकी खेल गुमाउने

बेल्जियमका फुल ब्याक तिमोथी कास्टान्गेले युरो कपका बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति रुससँगको खेलमा घाइते भएपछि उनले प्रतियोगिता गुमाउने पक्का भएको हो ।
 
खेलको २५ औं मिनेटमा कास्टान्गे र रुसका डेलर कुज्याभ एक अर्कासँग ठोक्किएका थिए । उनको दाहिने आँखाको हड्डी दुई ठाउँमा फ्याक्चर भएको बताइएको छ ।

आफ्ना मुख्य डिफेन्डर गुमाउँदा समूह ‘बी’ रहेको बेल्जियमको अगाडीको यात्रा केही कठिन बन्न सक्छ । 

‘यो साँच्चिकै खराब समाचार हो, तिमोथी कास्टान्गे युरो कपबाट बाहिरिने खबर सुन्दा निखै दुःख लागेको छ’, बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले भने ।



रोमलु लुकाकुको २ गोल र थोमस मुनिएरको १ गोलको मद्दतमा रुसलाई ३-० ले हराउँदै बेल्जियमले प्रतियोगितामा सानदार सुरुवात गरेको छ । 
बेल्जियमले समूह चरणका बाँकी खेल जुन १७ मा डेनमार्क र जुन २१ मा फिनल्यान्डसँग खेल्ने छ । 


 





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १५:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया