स्याउ तस्करी प्रकरण बुझ्न एसएसपीकाे नेतृत्वमा छानबिन समिति गठन

सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरण बुझ्न एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन भएको हो । 

उक्त समितिमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी लक्ष्मी भण्डारी लगायत अन्य सदस्य छन् । समितिलाई ७ दिन भित्र यो प्रकरणको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

आइतबार नै समितिको गठन भई एसएसपीको नेतृत्वमा छानबिनको प्रक्रिया सुरु गरिएको प्रदेश प्रहरीका प्रवक्ता एसपी महेन्द्र श्रेष्ठले बताए । समितिले अब तीन ट्रक चिनियाँ स्याउ भारततर्फ कसरी तस्करी भएको भन्ने विषयमा कारबाहीमा तानिएका प्रहरीका इन्चार्ज तथा प्रहरीसँग बयान लिने छ ।

यता सशस्त्र प्रहरीको नं. १ बराह बाहिनी मुख्यालय पकलीले पनि स्याउ तस्करीको प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

हाल भारतको वीरपुर एरियामा तस्करीको स्याउ बरामद भएकाले सुनसरीको कोसी, श्रीपुर र भाण्टाबारी विओपीमा कार्यरत रही रातिको समयमा ड्युटीमा रहेका १५ जना सशस्त्र प्रहरीलाई समेत फिर्ता बोलाइएको छ । जसमा  बिओपीका प्रमुख प्रहरी निरीक्षकको हकमा समेत सोधपुछ तथा अनुसन्धान हुनेछ । सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय पकलीका डिआइजी वंशीराज दाहालले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको जानकारी दिए ।
 





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार ८:४७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया