अनमोलको फिल्ममा भिलेन बन्दै सुनिल सेट्टी

थुप्रै नेपाली कलाकार बलिउडमा अवसर खोज्न जाने गरेका छन् । कयौं कलाकार बलिउडमा स्थापित हुन संघर्षरत छन् । निर्देशक मुकुन्द भट्टले भने बलिउड अभिनेता सुनिल सेट्टीलाई नेपाली फिल्ममा अफर गरेका छन् ।

भट्टले केही समयअघि चलचित्र ‘एक्स ९’ निर्माणको घोषणा गरेका थिए । आफैँले निर्देशन गर्न लागेको यही चलचित्रका लागि सेट्टीलाई अफर गरेका हुन् । यस चलचित्रमा सेट्टीलाई खलनायकको भूमिका निर्वाहका लागि अफर गरेको निर्देशक भट्टले बताएका छन् । चलचित्रलाई लिएर सेट्टीसँग कुराकानी समेत भइसकेको उनले जनाएका छन्।

भट्टका अनुसार सुनिल सेट्टी सकारात्मक रहेका छन् । चलचित्रको शीर्ष भूमिकाका लागि अभिनेता अनमोल केसीसँग कुरा भइरहेको पनि भट्टले बताए । चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही लगायतका कलाकार पनि शीर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । चलचित्रमा अभिनय गर्ने अभिनेत्रीको भने कुनै टुङ्गो लागेको छैन्।

समय सोचेजस्तो भएको खण्डमा तिहारपछि चलचित्र छायांकन थाल्ने जानकारी दिए । यसअघि पनि भट्टले फिल्म ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ निर्देशन गरिसकेका छन् ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार ९:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया