logo-img

निषेधाज्ञाको बीचमा त्रिभुवन विमानस्थलबाट २० हजार भित्रिए, ३४ हजार बाहिरिए

कोभिड–१९ संक्रमणको दोस्रो लहरपछि यसको नियन्त्रण तथा रोकथामका लागि सरकारले निषेधाज्ञा लागू गरेको डेढ महिनाभन्दा बढी भइसकेको छ । 

निषेधाज्ञाका कारण सरकारले नेपाल आउने र नेपालबाट फर्कन चाहनेको लागि चार्टर विमानबाहेकमा रोक लगाएको छ । 

यस अवधिमा विभिन्न देशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गर्नेको संख्या २० हजारभन्दा माथि छ । तीमध्ये १७ हजार ५ सय ४८ जना नेपाली छन् । अध्यागमन विभागका अनुसार यस अवधिमा २ हजार ४ सय २१ जना विदेशी नेपाल आएका​ छन् ।  



निषेधाज्ञााकै बीचमा कतिपय देशले आफ्ना नागरिक फिर्ता लगेका छन् । केही विदेशी व्यक्तिगत प्रयासमै स्वदेश फर्केका छन् । यसरी फर्कने विदेशीको संख्या १३ हजार ७ सय १ छ । 

त्यसैगरी, २ हजार ४ सय २ जना नेपालीले यसबीचमा देश छाडेका छन् । अध्यागमन विभागका अनुसार यस अवधिमा ३४ हजार १ सय ३ जना नेपालबाट बाहिरिएका छन्। 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १७:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया