८० वर्ष: हिटलर, यहुदी, स्टालिन र दोस्रो विश्वयुद्ध

१९४१ जुन २२ अर्थात् आजभन्दा ठीक ८० वर्षअघि नाजी जर्मनीले ‘अपरेसन बारबरोसा’ आरम्भ गरेको थियो । यो अपरेसन सोभियत संघविरुद्धको एउटा ठूलो आक्रामक कारवाही थियो । त्यसबेला सोभियत संघको कमान स्टालिनको हातमा थियो ।

इतिहासको त्यो एउटा सबैभन्दा ठूलो सैनिक आक्रमण थियो । जोखिमयुक्त एउटा खेल पनि थियो, जुन त्यसबखत एडोल्फ हिटलरले दोस्रो विश्वयुद्धलाई निर्णायक ढंगमा आफ्नो पक्षमा पार्ने कोसिस स्वरूप खेलेका थिए । तर सोचेको जस्तो भएन, जस्तो जर्मनीका नेता हिट्लर चाहन्थे ।

इतिहासकारहरू यो अपरेसनको असफलतालाई दोस्रो विश्वयुद्धको ‘टर्निङ प्वाइन्ट’ र जर्मन श्रेष्ठताको अन्त्यको सुरुवात पनि मान्छन् । अपरेसन बारबरोसाले दुई अधिनायकवादी महाशक्तिबीच ६ महिना लामो भीषण युद्ध आरम्भ गरिदियो । त्यो एउटा यस्तो प्रतियोगिता थियो, जसले दोस्रो विश्वयुद्धको निर्णायक नतिजा ल्याउन लागेको थियो । 

सोभियत संघमाथि आक्रमण भएपछि १९३९ मा सम्पन्न जर्मन–सोभियत सम्झौता पनि टुट्यो । सेनाहरूले ३० लाख मानिसलाई तीन समूहमा विभक्त गर्दै लेनिनग्राद, किएफ र मस्कोलाई निशाना बनाए । सोभियत संघ उक्त आक्रमणबाट आश्चर्यमा पर्यो । र, पहिलो लडाइँमा उसले ठूलो नोक्सान व्यहोर्यो । लाखौं मानिसको उक्त युद्धमा मृत्यु भएको मानिन्छ । किएफ,स्मोलेन्स्क र भियाजमा जस्ता सहरका नाजीहरूले जित हासिल गरे । 
 
नाजीहरूले पनि ठूलो मूल्य चुकाउनु पर्यो । बिस्तारै सोभियत संघले सुधार गर्दै लग्यो । रुसको कडा जाडोका कारण डिसेम्बरमा जर्मनी सेना पैदल अघि बढ्न सकेन । जर्मन सेना त्यसबखत मस्कोसम्म पुगेका थिए । त्यसैबीच हिटलरले जर्मनीको सेनाले लेनिनग्रादमा आक्रामक कारवाही होइन, घेराबन्दी गर्ने निर्णय गरे । 

हिटलरको निर्णयले सोभियत सेना बचे पनि जर्मनीका सेनाले १९४२ मा नयाँ ढंगमा आक्रमण थाले । सोभियत संघका  विभिन्न क्षेत्रमा सेना घुस्न थाले । तर १९४२-१९४३ को बीच स्टालिनग्रादको लडाइँले स्थिति परिवर्तन भयो, जर्मन सेनापछि हट्न बाध्य भए । 

हिट्लरले यहुदीको विनाश गर्ने योजना बनाएका थिए । त्यसैले सोभियत संघका नागरिकलाई युद्धका क्रममा निकै प्रताडित बनाइयो । १० लाखभन्दा बढी यहुदी मारिए।



उन्मादी शासक स्टालिन

स्टालिनका बारेमा अनेक भनाइ छन् । यिनी इतिहासका सबैभन्दा विरोधाभासी पात्रमध्ये एक हुन् । हरेक चिजमा शंका गर्ने स्टालिन हिटलरबाट छक्याइएका थिए । उनलाई हिटलरले धोका दिएका थिए । हिटलर स्टालिनलाई विभिन्न खालका आश्वासन दिइरहन्थे । र, स्टालिन त्यसलाई पत्याउँथे । 



१९४१ को अन्त्यतिर, ठूलो चिन्तामा स्टालिन रहेका बखत उनले बुल्गेरियाका राजदूतलाई भनेका थिए-सायद मस्कोमाथि कब्जा हुनेछ र सबथोक छरपष्ट हुनेछ । तर राजदूतले जवाफमा भनेका थिए, ‘उनी (हिटलर) सनकी छन्, यदि उनीहरू पछि हट्दै युराल्सतिर गए भने, उनीहरूको जित हुने छ ।’

किएफको घेराबन्दीबाट हट्ने अनुमति दिएकै कारण लाखौं मानिसको ज्यान गएको थियो । त्यो प्रतिरोध गर्ने या मर्ने आदेश थियो । उक्त आदेश परिवर्तन हुने कुनै सम्भावना थिएन । मस्कोतर्फ पछि हट्न अन्तिम चरणमा केही छुट स्टालिनले दिएका थिए, किनकि उक्त सहर सुरक्षा गर्नका लागि पर्याप्त सैनिकलाई बचाउन सकिएको थियो । 

हिटलर अन्य घटना वा परिणामबाट पाठ सिक्नेखालका व्यक्ति थिएनन् । सोहीबखत चीनमाथि जापानी कारवाहीबाट पनि उनले केही सिकेनन् । एउटा अत्यधिक मेसिन ताकत र प्राविधिक रूपमा उच्च क्षमताको देशले आकारमा विशाल चीनमाथि आक्रमण गरेको थियो । 

हिटलरले सोभियत संघमाथि गरेको आक्रमण क्रूरखालको थियो । सोही कारण उक्त युद्धले मानिसमा प्रतिरोध उत्पन्न गरिदियो । यसबारे हिटलरले कहिल्यै सोचेनन् । उनलाई उखानटुक्का खुबै मन पथ्र्यो । उनले सोभियत नागरिकको देशभक्ति, तिनको उमेर र युद्ध जारी राख्ने प्रतिबद्धताको नजरअन्दाज गरेका थिए । 

सोभियत संघमाथि आक्रमण गर्नु हिटलरको ठूलो भुल थियो भन्ने इतिहासकार थुप्रै छन् । फ्रान्ससँगको पराजयपछि जर्मनीले पनि कुनै पाठ सिकेको थिएन । सेना र अन्य संसाधन जोगाएर राखेको भए जर्मनी निकै बलियो हुने थियो । सोही कारण यदि स्टालिनले १९४२ र १९४३ मा पहिलो हमला गरेका थिए भने सोभियस संघका लागि निकै घातकसिद्ध हुन्थ्यो । हिटलरले पोल्यान्डमा कब्जा जमाएको दुई दिनपछि नै फ्रान्स र बेलायतले जर्मनीविरुद्ध युद्ध घोषणा गरेका थिए । त्यसपछि नै दोस्रो विश्वयुद्धको आरम्भ हुन गएको थियो ।
 
यसमा कुनै शंका छैन कि, त्यो नै विश्वयुद्धको ‘टर्निङ प्वाइन्ट’ थियो । जर्मन सेनालाई ८० प्रतिशत नोक्सान पूर्वी मोर्चामा भएको थियो । त्यो अपरेसन बारबरोसा नै थियो, जसले जर्मन सेनाको ढाड भाँचिदिएको थियो । 


(बिबिसीको सहयोगमा)
 

  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १६:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया