होटल व्यवसायी भन्छन्, 'हाम्रो होटलको साँचो सरकारलाई नै बुझाउने अवस्था आयो'

निषेधाज्ञाका कारण होटल व्यवसाय नै संकटमा परेको रौतहटका होटल व्यवसायीले गुनासो गरेका छन् । गत सातादेखि बजार र सवारी साधन आधाजसो खुला भइसकेको अवस्थामा होटल व्यवसायलाई मात्रै बन्द राख्न नहुने उनीहरूको माग छ ।

चन्द्रनिगाहपुरका होटल व्यवसायी सुरेन्द्र साहले सरकारले बजार खुल्ला गरिसकेको अवस्थामा होटल व्यवसायलाई सधैं बन्द राख्नुको औचित्य नभएको बताए ।

सरकारले केन्द्रीय स्तरबाटै सवारीसाधन तथा विमान सेवा सुचारु गर्न लागेकोमा अब जिल्लाहरूमा होटल तथा पर्यटन व्यवसायलाई ठप्प राख्नु हुँदैन’, उनले भने, ‘बिस्तारै यो क्षेत्रलाई खुला गरेर थलिएको होटल व्यवसायलाई जुरमुराउन दिनुपर्छ ।’

अर्का होटेल व्यवसायी लामा भन्छन्, ‘लकडाउन र निषेधाज्ञा मात्रै समाधानको बाटो होइन । यसरी लामो समय होटल व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेको छौँ । बरु हाम्रो होटलको साँचो सरकारलाई नै बुझाउने अवस्था आएको छ ।’ 

पटक पटकको बन्दाबन्दी, कर्फ्यु, निषेधाज्ञा तथा भारतसँगको सीमा बन्दका कारण थलिएका होटल व्यवसायीहरू भौतिक पूर्वाधारमा भएका ऋणको ब्याज, किस्ता, होटलहरूको घरभाडासमेत तिर्न नसक्ने अवस्था पुगेको गौरका होटल व्यावसायी राजेश गुप्ताको भनाइ छ । 
 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार ११:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया